Chautara Multiple Campus TU Affiliated Campus

Chairman Massage

chautara_chairman
 कृष्णराज श्रेष्ठ
अध्यक्ष
क्याम्पस संचालन समिति

 

ग्रामीण समुदायमा विद्यालय शिक्षा पुरा गरी उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीहरु बिच यसको अवसर र पहुँच पुर्‍याउने पवित्र उद्देश्यका साथ चौतारा बहुमुखी क्याम्पस, चौताराको स्थापना वि.सं. २०५८ भाद्र ८ गते त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी संचालन गरिएको हो । सिन्धुपाल्चोकको उच्च शिक्षाको इतिहासलाई केलाएर हेर्दा चौतारा बहुमुखी क्याम्पसले आफ्नो स्थानलाई अग्र भागमा राख्न सफल भएको प्रमाण यसका व्यवहारहरुले प्रष्ट पारिरहेको छ ।

उच्च शिक्षाको कार्यक्रम संचालन गर्नु आफैमा ठूलो कुरो होइन महत्वपूर्ण सवाल त त्यहाँ उत्पादित जनशक्तिलाई कसरी उद्यमशिल, गुणस्तरीय र उपयोगी बनाउने भन्ने नै हो । यी चिजहरु प्राप्तिका लागि हामीले शैक्षिक जनशक्ति, आवश्यक विद्यार्थी, भौतिक व्यवस्थापन, सुन्दर शैक्षिक वातावरण, सामुदायिक सहयोग, चुस्त र दुरुस्त व्यवस्थापन, सहभागिता मुलुक अध्ययन अध्यापन विधिको संस्थागत विकास र सान्दर्भिक शैक्षिक सामग्रीहरु उपलब्धताका बारेमा विशेष ध्यान पुर्‍याएका छौं।

उच्च शिक्षाको उद्देश्यले दिशानिर्देश गरिएका विषयहरु : गुणस्तरीय जनशक्तिको उत्पादन, वैज्ञानिक अध्ययन अध्यापन विधि, स्वच्छ शैक्षिक वातावरणको निमाृण, दिगो संस्थागत विकास तथा खोज अनुसन्धानका विषय वस्तुहरुमा गुरु योजनाहरु निर्माण गरि उपलब्ध जनशक्तिहरुलाई अधिकतम उपयोग गरी समाज रुपान्तरणको अभियानमा अगाडी बढी रहेका छौं ।

आफ्ना गुरु योजनाहरु सफल बनाउनको निम्ति अविछिन्न रुपमा खटिइ रहेको अवस्थालाई चुनौति दिदै २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्प तथा त्यसपछिका शक्तिशालि पराकम्पनहरुले हाम्रा कैयन योजनाहरुलाई तहस नहस पुर्‍याउनुका साथै मानसिक तवरले हामीलाई अपाङ्ग बनाउने अवस्थामा पुर्‍यायो । तैपनि हामीले हाम्रा धैर्यताका वाँधहरुलाई टुट्न दिएनौं र अहिले यथास्थानमा उभिने प्रयासमा सफल भई रहेका छौं । यसै क्रममा भुकम्पको कारण क्याम्पसका विद्यार्थीहरु तथा क्याम्पस सँग सम्बन्धित कतिपय व्यक्तिहरुको निधन हुन पुगेका छन् । म वहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै वहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दछु ।

क्याम्पसहरुको स्तरीकरण मापदण्ड (QAA) सर्टिफिकेट प्राप्त गर्ने कार्य करिब अन्तिम भरणमा चौतारा बहुमुखी क्याम्पस पुगेको छ । त्यसका लागि केही मापदण्डहरु जस्तै मास्टर्स डिग्रीको कक्षा संचालन, शिक्षक कर्मचारीहरु कमसेकम ५०% पूर्णकालिन आदि महत्वपूर्ण रहेका छन् । यी मापदण्डहरु छिटै पुरा गर्ने सवालमा हामी अगाडी बढी रहेका छौं ।

एउटा सामुदायिक स्तरबाट संचालित मुनाफा रहित शैक्षिक संस्थाहरुको आर्थिक पिडा कुनैपनि शिक्षाप्रेमी एवं देशप्रेमी स्वाभिमानी नेपालीहरुले राम्रोसँग महसुस गर्नुहुने विषय हो । यही विषयहरुलाई मनन गरी क्याम्पसको लागि आफ्नो छाक काटेर आर्थिक हैसियत अनुसार सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्तमा चौतारा बहुमुखीलाई यो १५ वर्षको दौरानमा शैक्षिक, भौतिक लगायत विविध पक्षमा सवल बनाउनको लागि आर्थिक, भौतिक एवं नैतिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । साथै नयाँ वर्ष २०७३ ले सम्पूर्ण सिन्धुवासी जनताहरुमा सुख समृद्धि, समुन्नत भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना सहित गत २०७२ बैशाख १२ गतेको महाभुकम्पले ध्वस्तः पारेका भौतिक संरचनाहरु पुननिर्माणका लागि सफलता मिलोस्शु भकामना पस्कन चाहन्छु ।

धन्यवाद ।