Chautara Multiple Campus TU Affiliated Campus

Message from Chief

 

Campus Chief
श्री नगेन्द्रप्रसाद दंगाल
(क्याम्पस प्रमुख)

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा सामुदायिक पहलमा स्थापित यस क्याम्पस समुदायको सर्वोच्च निकाय हो । २०५८ सालमा श्री कृष्ण रत्त गंगा उच्च मा.वि. चौताराको केहि सिमित कोठाहरुबाट सुरुवात गरिएको यस क्याम्पस १५ वर्षेकैं अवस्थामा वयस्कता प्राप्त गर्न सफल भएको छ । चौताराका विशिष्ष्ठ व्यक्तिहरुको प्रयासमा भारतिय राजदुतावासको आर्थिक सहायतामा नव निर्मित तिन तले २७ कोठा भएको भवनमा शिक्षा, ब्यबस्थापन र विज्ञान संकायका स्नातक तहका विविध विशिष्ठीकरणका विषयहरु प्राध्यापन भई रहेका छन् । निकट समयमानै  शिक्षामा स्नाकोत्तर तह संचालनको अथक प्रयास भैरहेको छ । यो जिल्लाको प्रतिष्ठाको विषय पनि रहने छ । विश्वविद्यालय अनसदान आयोग सानोठिमीबाट Quality Assurance and Acreditation (QAA) Certification प्राप्त गर्न अथक प्रयन्न भईरहेको छ । त्यसै गरी विश्वविद्यालय अनुदान आयोगको आह्वानमा प्रस्तावना पेश गरे अनुसार  Disbursement Linked Indicator-2 (DLI-2) स्वीकृत भै त्यस सम्बन्धी कार्यक्रमहरु समेत सम्पन्न गर्न क्याम्पस प्रयन्नशील रहेको छ । हाल सम्म यस क्याम्पसबाट शिक्षाशास्त्र र ब्यबस्थापन संकाय तर्फ ४०३ जनाले स्नातक तह उत्तीर्ण गरि विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पु¥याईरहेका छन् । यो क्याम्पस जिल्लाको संस्थागत विकास भएको अग्रण्ी पंक्तिमा स्थापित क्याम्पस हुन पुगेको छ । आगामी दिनहरुमा आर्थिक,भौतिक,शैक्षिक समस्याहरुलाई सामाना गरी  आफ्नो गन्तव्यमा पुगी सफलता प्राप्त गर्न क्याम्पस संचालन समिति दत्तचित्त रहिरहेको छ । त्यसै गरी शैक्षिक संस्थागत विकासका लागि क्याम्पसका उप–प्राध्यापकहरुबाट विभिन्न उप समितिहरु स्थापना गरि शैक्षिक क्रियाकलापहरु अगाडि बढिरहेको छ । चौतारालाई पूर्ण शैक्षिक केन्द्र बनाउने दिशामा यस क्याम्पस क्रियाशिल छ, जस्को लागि सवै सरोकारहरुलको जिम्मेवारी पूर्ण एवं निरन्तर प्रयत्न एव%E